Breaking

सभापति देउवा धुम्बाराहीमा भाडाको घरमा बस्ने


काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाडाको घरमा सर्न लागेका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका हुन् । बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका उनको सचिवालयले जनाएको छ ।

देउवाका सचिवालय एक सदस्यका अनुसार उनले सरकारी निवास बुधबार विहान छाड्दैछन् । ‘बुढानीलकण्ठको घर निर्माण सकिन ३—४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’, उनले भने । १० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । तर उनी तत्कालै बुढानीलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए ।