Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

डडेल्धुरामा देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने


काठमाडौँ – चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज दुई वटा सभालाई सम्बोधन गर्दैछन् ।

उनले आज विहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आजै दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालमा हुने सभालाई पनि देउवाले सम्बोधन गर्नेछन् ।

कात्तिक १७ गतेदेखि गृहजिल्लामा रहेका प्रधानमन्त्री देउवाले हिजो नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

भोलिसम्म डडेल्धुरामा रहने देउवाले भोलि आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।