Breaking

देश चुनावमा होइन, लडाइँमा जादैछ : मोहन वैद्य ‘किरण’ (भिडियोसहित)

'थप अस्थिरता र अराजकता मौलाउछ'


काठमाडौँ — पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई एउटै चिह्न लिएर आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागी हुने निश्चित भइसकेको छ । माओवादी सशस्त्र विद्रोहमा ‘टप थ्री’ भनेर चिनिने प्रचण्ड र बाबुरामका सहयात्री मोहन वैद्य ‘किरण’ ले भने चुनाव बहिष्कारलाई निरन्तरता गर्ने निर्णय गरेको छ ।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापा चुनावलाई उपयोग गर्ने विषयमा पार्टीको धारणा नबदलिएको बताउँछन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनलाई बहिष्कार गर्ने प्रस्ताव गरेका वैद्यले संघ र प्रदेशको निर्वाचनमा पनि त्यसैलाई निरन्तरता दिने भएको छ ।

राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको वास्तविक समाधान गर्न नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुपर्नेमा मोहन वैद्य किरणले जोड दिएको छ ।