Breaking

ओलीसँग चुनावमा समझदारी भएको छ, सदन वा सडकबाट यो व्यवस्था फाल्ने हो : लिङ्देन (भिडियोसहित)


काठमाडौँ — नेकपा एमालेसँग तालमेल गरेर चुनावमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् ।

योहो टेलिभिजनको सत्य संवाद कार्यक्रममा कुरा गर्दै राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताबताएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु एक सयभन्दा कम सिटमा खुम्चिसकेको भन्दै लिङ्देनले एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको बताए ।

यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने जिकीर गर्दै लिङ्देनले ‘यसपटक राप्रपाको चुनावी प्रतिस्पर्धा नेकपा एमालेसँग भएको छ । अरु पार्टीहरुको त हिसाबकिताब नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । कांग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा तल छन् ।’

नेकपा एमालेको हाराहारीमा उम्मेदवारी दिनसक्ने पार्टी राप्रपा मात्रै भएको लिङ्देनले बताए ।