Breaking

गठबन्धन एक दुई दिनको यात्रा होइन: माधवकुमार नेपाल


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन एक दुई दिनका लागि नभएको कताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सोमवार सम्बोधन गर्दै उनले गठबन्धनको संयुक्त सहकार्य र अभियान आउँदा दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह समेत गरेका छन् ।

‘यो एक दिन, दुई दिनको यात्रा होइन । गठबन्धन यथार्थ भएको हुनाले गाउँ, टोल, बस्ती–बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ उनले भने । अध्यक्ष नेपालले निकै ठूलो चुनौतीको सामना गरेर आफूहरू अगाडि बढेको उल्लेख गर्दै संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेको र त्यसकाविरुद्ध विद्रोह गरिएको बताए । पार्टी र नेतामा देखापरेको अहमका कारण जनताको चाहनामा कुठाराघात हुने अवस्था आएपछि आफूहरूले विद्रोह गरेको उहाँले बताउनुभयो । गणतन्त्रको आन्दोलनमा पनि कम्युनिस्ट र कांग्रेस एकआपसमा मिलेर नै सफल बनाइएको उनको टिप्पणी थियो ।