Breaking

आज धनतेरस पर्व मनाइँदै


काठमाडौँ— नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज मनाइँदै छ ।

धनवन्तरी जयन्ती भने ६ कार्तिकमा परेको छ । यो दिनलाई कुबेरको दिनका रूपमा पनि मानिन्छ । आजको दिन धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडाकुडा र गरगहना किन्ने गर्छन् ।

तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न शुरु भइसकेको छ।