Breaking

अहिले नेपालीले आर्थिक, सामाजिक र सांस्कृतिक सुरक्षा खोजिरहेका छन्: ओली


काठमाडौँ —नेपालीले अहिले आर्थिक, सामाजिक र सांस्कृतिक सुरक्षा खोजिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले काठमाडौंमा आयोजना गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले आर्थिक रुपमा कुनै पनि नेपालीले उपचारमा समस्या हुने अवस्था नआओस, औषधिउपचारका लागि तथा खानपानका लागि चाहिने आर्थिक व्यवस्थापन स्वत गर्न सकियोस भन्ने चाहेको बताएका छन् ।

त्यस्तै समाजमा शान्ति सुरक्षा र अमनचयनको वातावरण राज्यले मिलाओस भन्ने नागरिकको चाहनालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए । अध्यक्ष ओलीले भौगोलिक तथा सांस्कृतिक विविधता भएको नेपालमा नेपालीले सांस्कृतिक सुरक्षाको प्रत्याभूति हुने वातावरण अनुभूत गर्न चाहेको पनि बताएका छन् ।