Breaking

कठोर बन्दै निर्वाचनआयोग,आचारसंहिता उल्लघन गरे उम्मेद्वारी खारेजीसम्मको चेतावनी


काठमाडौँ — निर्वाचनआचार संहिता परिपालनामागराउननिर्वाचनआयोग कडा रुपमा प्रस्तुतहुनथालेको छ । अहिले प्रष्टिकरणमा सोध्नव्यस्तआयोगले आचारसंहिताविपरितकाकार्य गरे उम्मेद्वारी खारेजसम्मको चेतावनीदिएको छ । आफ्नो क्षेत्र छोडेर गोरखा २ मापुगेका माओवादीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले उम्मेद्वारी दर्तामापन्चे बाजा नै बजाए ।निर्वाचनआचारसंहिताविपरित निकै तामझामका साथगएका प्रचण्डको यो कदमलाई निर्वाचनआयोगले प्रष्टिकरण नै सोध्यो ।

सामान्यतरिकाले तोकिएको संख्यामामात्रै मनोनयनपत्रदर्ता गर्न जानुपर्नेमातामझाम गरेको र बाजागाजा र तामझाम सहितमनोनयनपत्रदर्ता गराउनगएको भन्ने सूचनापाएको आयोगले यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाहीनगर्ने भनी स्पष्टीकरण सोधेको थियो । बाढी पिडितलाई चामल बाढेपछि शहरी विकासमन्त्रीमेटमणि चौधरीलाई प्रष्टिकरण सोधेको आयोगले स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई पनिचुनावचिन्हअंकित भेष्ट लगाएर निर्वाचनप्रचारप्रसारमा संलग्न गराएको भन्दै प्रष्टिकरण सोधेको छ ।

हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूले आफूलाई स्वतन्त्रउम्मेदवार भन्दै लौरो चिह्नबाट चुनावप्रचारप्रसार गरेको विषयमापनि२४ घण्टे स्पष्टीकरण सोधेको छ । राजनीतिकदलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिमदर्ता भएको दलको नाम, झन्डा र चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ ।‘दलले कुनै स्वतन्त्रउम्मेदवारलाई लौरो चिह्नको नाममाप्रचारप्रसार गर्न दिन सक्दैन, न त कुनै स्वतन्त्रउम्मेदवारले आफ्नो निर्वाचनचिह्न रहेको भनीप्रचारप्रसार गर्न पाउँछ ।

लौरो निर्वाचनचिह्न स्वतन्त्रउम्मेदवारले परिपूरक चिह्नभनीप्रचारप्रसार गर्न पनिमिल्दैन’, आयोगको तर्क छ ‘लौरो चिह्नभएको हाम्रो नेपाली पार्टीबाट उम्मेदवार भएकाव्यक्तिले कानुनी रूपमालौरो निर्वाचनचिह्नमार्फत आफ्नो मतमाग्न सक्दछन् तर आफूहरू स्वतन्त्रअभियानको अङ्गभएको वा देशभरका स्वतन्त्रहरू लौरो निर्वाचनचिह्नको छातामा रहने भनीप्रचारप्रसार गर्न पाउँदैनन् ।’

यतिमात्रनभएर आफू राम्रो अरु नराम्रो भनेर प्रचार गर्न नपाईने,१८ कात्तिकअघि चुनावीप्रचार गर्न नपाई जस्ता कुरामा संचेत गराएको आयोगले १८ कात्तिकअघि निर्वाचनप्रचार–प्रसार गरेको फेला परे त्यस्ताउम्मेदवारको मनोनयनखारेज गरिने चेतावनी नै दिएको छ ।

सामाजिक सञ्जालमाभोट माग्नेलाई सचेत गराउने देखि निर्वाचनप्रचार सामाग्री हटाउन समेत दवावदिइरहेकोआयोगले आचारसंहिता परिपालनामा कडाई गर्दै आएको छ । गृह मन्त्रालयमा देशभरका प्रमुखजिल्लाअधिकारीहरूसँग सोमबार बसेको भर्चुअल बैठकमा आचारसंहिता उल्लंघन गरेको पाइएतत्काल कारबाहीगर्न निर्देशननै दिईएको छ भने प्रमाण भेटिए तत्काल नियन्त्रणमा लिनकञ्जुस्याइँनगर्न पनिआग्रहगरिएको छ ।

आचारसंहिताविपरित कुनै कार्य भएनभएको विषय राजनितिकदलतथाउम्मेद्वार स्वयमको पनिचासोको विषयभएको बताएको आयोगले त्यसतर्फ सचेत हुन समेत आग्रह गरेको छ ।यदि यस्ता कार्य भएको देखिएको उम्मेद्वारमाथि कारबाहीको प्रक्रिया सुरु हुने र आफूलाईजानकारी नभएको भन्ननपाईने आयोगले बताएको छ ।

यसले पहिले आग्रहगर्ने,प्रष्टिकरण सोध्ने जस्ता कार्यले आचारसंहितापालनगर्न दवावसिर्जना गर्ने रणनिति लिएको आयोग उम्मेदवारी खारेजी कै अवस्थाभने नओस भन्नेमा देखिएको प्रष्ट हुन्छ । यहि कारण प्रमुखआयुक्तदिनेशकुमार थपलियाले त कारबाहीप्रक्रिया सुरु भएपछिआयोगले राम रामभन्ने सके पनिकाँधहाल्ननसक्ने भएकोले कारबाहीको जोखिममोल्नकालागितयार रहनुपर्ने बताएका छन ।

आचारसंहिता परिपालन केवलआयोग मात्रनभई आममतदाता,राजनीतिकदल र उम्मेद्वारको पनिजिम्मेबारीको विषयहो । जसमाआयोगको पछिल्लो कदमले सकारात्मकप्रभावपारेको छ भने सरोकारबालापक्षपनि सचेत देखिन्छ । यद्यपीभरसक कानुनलाई आफ्नो हितमाप्रयोग गर्ने वानी परेका दल र नेताकार्यकर्ताको प्रवृत्तीकावीचआयोगको यो कडा उपस्थितीनिरन्तर हुन जरुरी छ ।