Breaking

एमाले नेतृत्वमा भएको भए नेपालमा गणतन्त्र आउने थिएन : प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेकपा एमालेको नेतृत्वमा भएको भए नेपालमा संघीयता गणतन्त्र आउन नसक्ने दाबी गरेका छन्। २०६२र६३ को जनआन्दोलनका बेला एमालेको नेतृत्व माधवकुमार नेपालले गरेकै कारण देशमा गणतन्त्र र संघीयता सम्भव भएको तर्क उनले गरे।

काठमाडौं क्षेत्र नम्बर २ मा आइतवार सत्ता गठबन्धनका उम्मेदवारको परिचयात्मक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। एमालेका नेता अरु भएको भए सायद १२ बुँदे समझदारी हुँदैन थियो। गणतन्त्र पनि आउन दिँदैन थिए, उनले केपी शर्मा ओलीतिर लक्षित गर्दै भने, माधवजी एमालले नेतृत्वमा हुनुहुन्थ्यो त्यसले त्यहीकारण शान्ति प्रक्रिया पनि अघि बढ्न सक्यो।

उनले कांग्रेस, एकीकृत समाजवादी र माओवादीले एक अर्कालाई स्विकारिसकेका बताउँदै अब भोट हाल्न पनि संकोच नगर्न आग्रह गरे। शान्तिवार्ताका लागि शेरबहादुर देउवाजीसँग मेरो कुरा भएको थियो। त्यसबेला सातदलको नेता माधव नेपाल हुनुहुन्थ्यो, उनले भने, अनेक तिगडम गरेर एमालेको नेताका रुपमा आएका मान्छे भएको भए गाह्रो हुन्थ्यो। उनी त्यसबेला नेता भएको भए शान्ति गणतन्त्र आउन दिँदैन थिए।