Breaking

कांग्रेससँग गरिएको गठबन्धन नै नेचुरल गठबन्धन हो: प्रचण्ड


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेससँग गरिएको गठबन्धन नै नेचुरलु भएको दाबी गरेका छन् । गठबन्धन दलका अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रचण्डले १२ बुँदे समझदारी र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलबीच गरिएको गठबन्धन नै वास्तविक गठबन्धन भएको दाबी गरेका हुन् ।

शान्ति सम्झौताको दायाँतिर नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभएको हो। बायाँतिर मैले हस्ताक्षर गरेको छुु, उनले भने, १० वर्षे जनयुद्ध अन्त्य गरी मुलुकलाई शान्ति प्रक्रियामा लैजान अरू राजनीतिक दलले पनि सहयोग गरेका हुन्, तर मुख्य भूमिका कांग्रेस, माओवादीकै हो । अहिले यी दुई पार्टीका बीच गठबन्धन भएको छ। यो नै नेचुरल गठबन्धन हो । केही समयअघि नेकपा एमालेसित गरिएको गठबन्धन जालझेल, तिकडम र अनेक षड्यन्त्रका कारण तोड्न बाध्य भएको भन्दै उनले त्यस घटनाबाट आफूले मुलुकलाई प्रतिगमनबाट जोगाउने पाठ सिकेको बताए ।

ुयो गठबन्धनलाई अपवित्र भन्नेहरूले विस्तृत शान्ति सम्झौता, बृहत् शान्ति प्रक्रियाको महत्व बुझ्नु भएको रहेनछ भन्ने पुष्टि गर्दछ, तपाईंहरूले संविधानसभा, संघीयता, गणतन्त्रको महत्व बुझ्नु भएको रहेनछ भन्ने पुष्टि हुन्छु, उनले भने, तसर्थ यदि कोही कांग्रेस कार्यकर्तालाई हँसिया हथौडामा भोट हाल्न हात अघि बढ्दैन भने, यदि कोही माओवादी कार्यकर्तालाई रुखमा भोट हाल्न हात अघि बढ्दैन भने तपाईहरूले शान्ति प्रक्रियालाई राम्रोसित आत्मासात गर्नुभएको रहेनेछ। गिरिजाप्रसादले त उहिल्यै हँसिया हथौडामा भोट हालिसक्नु भएको हो । मैले पनि उहिल्यै रुखमा भोट हालिसकेको हुँ ।

गिरिजाप्रसाद र आफ्नो कार्यगत एकता वा गठबन्धनले नै मुलुक यो अबस्थामा अघि बढिरहेको उनको भनाइ थियो। बाँकी कार्यभार पूरा गर्न अहिलेको गठबन्धन अपरिहार्य रहेको भन्दै उनले यसलाई नेचुरल गठबन्धनको संज्ञा दिएका हुन् । सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उम्मेद्वार सुरेन्द्रराज पाण्डेले बृहत् शान्ति सम्झौतामा गिरिजाप्रसाद र प्रचण्डले हस्ताक्षर गर्न हुन्छ भने कांग्रेसलाई माओवादीले, माओवादीलाई कांग्रेसले भोट हाल्न हिच्किचाउन नहुने तर्क गरे ।