Breaking

सप्तरी-२ मा उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने


काठमाडौँ – सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ ।

डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । उम्मेदवारी दर्ता गराउन यादव दिउँसो ३ बजेपछि जाँदैछन् ।

सप्तरी-२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिँदैछन् । ठाकुरले २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएर १० हजारभन्दा बढी मत ल्याएका थिए ।