देश

रवि लामिछाने चुनाव लड्ने क्षेत्र कुन होला ?


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–३ वा काठमाडौं–३ मध्ये एउटा क्षेत्रमा चुनाव लड्ने भएका छन् ।निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताका लागि दुई दिन मात्र बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेको निर्वाचन क्षेत्र छानिसकेको छैन । बढी सम्भावना भने चितवन–३ को छ ।

तर, अहिलेसम्म निर्णय भइसकेको छैन । भोलि सम्म निर्णय गरिसक्ने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।यसअघि बोहोराले लामिछानेसँगको फोटो राखेर फेसबुक स्टाटस लेख्दै सभापतिले अन्य पदाधिकारीसँग भन्दा अर्को पार्टीको प्रमुखसँगै चुनाव लड्न सक्ने बताएका थिए । उनले आफ्नो फेसबुकमा सभापतिजस्तो मान्छे फुच्चे फुच्चेसँग चुनाव के लड्नु शास्त्रमा पनि भनिएको छ ।

सेनापतिले सेनापतिसँगै युद्ध गर्ने छ, उसले पदिकमाथि प्रहार गर्ने छैन लेखेका थिए । उनले फेसबुकमार्फत नै शास्त्रले रविलाई चीतवन–३ नै जुराउला जस्तो छ भनेर उल्लेख गरेका थिए । असोज १२ गते रविले चितवनमा चुनाव केन्द्रित सभा पनि गरेका थिए ।