Breaking

निर्वाचन आयोगले राजनीतिक दलसँग छलफल गर्दै

आचारसंहिता कार्यान्वयनबारे छलफल


काठमाडौँ — निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ । आयोगले आज निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न थालेको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ ।

छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउनेरनआउने निश्चित भएको छैन । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। सोही आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन दलहरूसँग छलफल गर्न लागिएको हो ।आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको छ ।