Breaking

गठबन्धनको निष्कर्ष : राष्ट्रपतिको कदम संविधानमाथिको अपमान


काठमाडौँ — सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धन बैठकले संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान भएको निष्कर्ष निकालेको हो । गठबन्धनको बैठकपछि बोल्दै कांग्रेस नेता रामहरी खतिवडाले राष्ट्रपतिको यो कदम संविधानमाथिको अपान भएको ठहर गरेको बताए ।

राष्ट्रपतिको कदमप्रति दलहरूको संयुक्त धारणा केही समयपछि विज्ञप्तिमार्फत सार्वजनिक हुने पनि बताए।