Breaking

वर्षान्त्यमा अछाममा डरलाग्दो पहिरो, १७ जनाको मृत्यु, राहतका लागि भीम रावलले संसदमा बोले


काठमाडौँ — प्रतिनिधि सभाको बैठकमा सांसदहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बौल्दै सासंदहरुले अविरल वर्षाका कारण अछाम जिल्लासंगै देश भरमा बाढि र पहिरोका कारण भएको क्षतिको उचित व्यवस्थापन गर्ने सरकारको ध्यान आकर्षण गराएका हुन् । यतिबेला वर्खाका कारण देशका विभिन्न ठाउमा बाढी र पहिरोको समस्या बढ्दो छ । गएराति मात्रै अछामका विभिन्न ठाउमा पहिरोमा परि २० भन्दा बढिको ज्यान गयो ।

पहिरोमा परेका अझै केही वेपत्ता छन् ।मनसुन निष्क्रियताको पूवृसन्ध्यामा ठूलो दैविप्रकोप अछामले बेहोर्नु परेको छ । यति ठूलो जनधनको क्षति हुने गरि भएको घटनामा उद्धार र राहतका लागि प्रतिनिधिसभामा सांसदहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका नेता एवम् अछामका सांसद डा. भिम रावलले अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा विशेष समय लिएर बोल्दै उनले अछाममाघाईतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्नसरकारसँग माग गरे ।

अछाम जिल्लाकै अर्का सासंद यज्ञ बबहादुर बोगटीले बाढि र पहिरोमा परि हराएका व्यक्तहरुको खोजि गरी घाईतेहरुको तत्काल उद्धार गर्न र उचित राहतको व्यवस्था गर्न सरकारको ध्यान आकार्षण गराए । त्यस्तै प्रतिनिधि सभाको बैठमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढि र पहिरोका कारण समस्यामा परेका पिडितहरुको तत्काल उद्धार गरी राहत उपलव्ध गरी पुनं निमार्णका कार्यमा सरकारले तदारुकताका साथ ध्यान दियोस् भनेर सरकारको ध्यान आर्कषण गराएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षाका कारण देशभर आएको बाढी, पहिरो र डुबानको नोक्सानी बुझेर सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने जवाफ दिएका थिए । यो वर्षको मनसुन ढिलो गरी अन्त्य हुने देखिएको छ । असोज महिना सुरु भइसक्दा समेत देशका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ । लामो समयसम्म मनसुन सक्रिय ुहँदा बाढि तथा पहिरोको जोखिम तिब्र हुने गर्दछ । सरकारले बर्षाको समय अझै बाँकी रहेकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सचेतना अपनाउन अपिल गरेको छ ।