काठमाडौँ — केहि बर्ष यताचर्चित व्यक्तीको रुपमा हेरिएका कृष्णबहादुर महरा देखि अभिनेता पलशाह सम्मलाई बलात्कार मुद्धाले छोडेन । अहिले फेरि विश्वमा उदाइरहेका क्रिकेट स्टार सन्दीप लामिछाने बलात्कार मुद्धामा फसेका छन् । तर, बलात्कार मुद्धामा जोडिएको १० दिन भै सक्दा पनि उनी प्रहरीको सम्पर्कमा आएका छैनन् । यसले धेरैखाले प्रश्नहरु पनि उठाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने बलात्कार मुद्धामा जोडिएको १०दिनवित्यो । तर अनुसन्धानको दायरामा आउनु पर्ने उनीझनपछि झन सम्पर्क विहीन बन्दै गएकाछन् । कतिपयले भने सन्दीप यतिवेला सिंगापुरमा रहेर कानुन व्यवसायीसँग परामर्श गरिरहेको बताएका छन् ।
सन्दीपको अज्ञात अवस्थाप्रति न प्रहरी जानकार छ, न सन्दीप सम्वद्ध नेपाल क्रिकेट संघ (क्यान)लेकुनै जानकारी बाहिर चुहाएको छ । अघिल्लो साताको मंगलबार राति सन्दीपका विरुद्ध एक १७बर्षिया नाबालिग किशोरीले आफु विरुद्ध जबरजस्ती करणी गरेको आरोप लगाएर प्रहरीमा जाहेरी दिएपछि सन्दीप आरोपी बनेकाथिए । जतिसुकै ठूलो नेम फेम भएपनि कानूनका नजरमा उनी एक आरोपित हुन् । यस्तो बेला कानुनलाई सघाएर आफुलाई निर्दाेष साबित गर्नुको साटो सन्दीप उल्टै मुद्धाबाट भाग्न खोजे पछि अवस्था झन जटिल बन्ने देखिएको छ ।प्रहरी पनि सन्दीप विरुद्ध पक्राउपुर्जी हातमा बोकेर बस्ने बाहेक अरु गर्न सकिरहेको छैन । तर यो लामोमौनताले मुद्धा नै विचलितवाप्रभावितहुने भन्दै विज्ञहरुले शंका देखाइरहेका छन् ।
आफु विरुद्ध भदौं २१ माजाहेरी परेपछि अनुसन्धानलाई सघाउने भन्दै नेपाल आउन लागेको बताएका सन्दीप लामिछाने हालसम्म पनि प्रहरीको सम्पर्कमा आएका छैनन् । प्रहरी पनिउनको अवस्थाबारे जानकार देखिँदैन । क्यारेबिन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका उनी अनुसन्धानका लागि आफै आउने भन्दै खबर त पठाएका थिए । नेपालफर्किने भन्दै सन्दीप सीपीएल बाट समेत विदाइ भइसकेका छन् ।क्यानसँगको सम्पर्कमा आफु नेपाल फर्किन लागेको जानकारी पनि उनले गराएका थिए । तर अहिले सम्म उनी सम्पर्कमा नआउनु आफैमा शंकास्पद बन्दै गएको छ । यसले यस विषयमा अनेक खालका प्रश्नहरु उठाइरहेका छ ।
सन्दीप आफैले यो मुद्दालाई जटिल बनाउने कामगरिरहेका छन् । अहिलेका लागि उनी प्रहरीको सम्पर्कमा नआउनु नै सबैभन्दा ठूलो समस्याहो । सहमतिविमति जे भएपनि नाबालिगले जाहेरी नै दिएपछि उनी संकटमा त यसै पनिथिए । प्रहरीले नगरकोटदेखि काठमाडौंको होटल सम्म जुटाएका सबुत प्रमाणले पनि सन्दीप माथि नै भारी परिरहेका बेलाउनी अज्ञात रहनुले विषयलाई थप गमिभरतातर्फ धकेलेको छ ।
प्रतिक्रिया