Breaking

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक


काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ को आज सोमबार बिहान १० स् २५ मा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो ।

धनकुमारीको बिहान उपचारकै क्रममा मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ । उनको पार्थिव् शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै प्राङ्गणमा राखिएको छ । धनकुमारी विक्रम सम्बत १९९५ मा भोजपुरको तिम्मा गाउँमा जन्मिएकी हुन् ।