बैँक / वित्त

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)


काठमाडौँ — नेपाल राष्ट्र बैंकले रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा कर्मचारी मागेको हो ।

बैंकलाई सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र.) १ जना र सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २४ जना आवश्यक परेको हो ।

उक्त पदपूर्तिका लागि आज भदौ १७ आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। आवेदन अनलाइनमार्फत दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।