अर्थनीति

डिजेल र मट्टीतेलको मूल्य बढ्यो


काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

नयाँ मूल्य अनुसार अब आज राति १२ बजेदेखि डिजेल र मट्टीलाई प्रतिलिटर समान १७८ रुपैयाँ पर्नेछ । पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।