Breaking

काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा, विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्य


काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बीच चार्जिङ स्टेसनको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरेकी छन् ।

विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।