काठमाडौँ — महानगरपालिकाका मेयर बालेन्द्र साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।
अवैध संरचनामा डोजार नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ उनले थपे, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।
’ बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।


प्रतिक्रिया