बिजनेस

सनसिल्कले ल्यायो युवतीहरुका लागि दशैँ भाइब्स अभियान


काठमाडौँ – दशैँ नजिकिँदै गएको सन्दर्भमा सनसिल्क नेपालले आफ्नो अत्यधिक सफल अभियान सनसिल्क दशैं भाइब्स दोस्रो वर्षको लागि पनि सुरु गर्ने तयारी गरेको छ ।

यसले लाखौं नेपाली नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सनसिल्क दशैं भाइब्सले आफ्नो अनगिन्ती कोसेढुङ्गाहरु मध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज प्राप्त गरेको थियो भने २८५४ जनाले सहभागिता जनाएका थिए र यस वर्ष सनसिल्क दशैं भाइब्स २ ले त्यो संख्यालाई उछिन्दै एक नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ । साथै यस वर्षको चाडपर्वलाई लक्षित गर्दै नेपालमा पहिलोपटक सीमित विशेष दशैँ प्याक पनि ल्याउने भएको छ ।

यसमा हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट गरी तीन नयाँ प्याक रहेको कम्पनीले जनाएको छ । गत वर्षको दशैँमा सनसिल्कले प्रतियोगितात्मक सनसिल्क दशैँ भाइब्स अभियान सुरु गरेको थियो। त्यसमा सनसिल्क ग्यांग अफ गर्ल्सको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने मौका दिएको थियो ।

सो अभियानमा आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल गरेको कम्पनीले जनाएको छ। सोसँगै उक्त तीनै जना ब्रान्ड एम्बासडरद्वय प्रिन्सी र प्रिज्माका साथमा ब्रान्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । उनीहरुले यो वर्षको सीमित दशैँ प्याकमा प्रस्तुत हुने अवसर पाएका हुन् ।

सीमित विशेष दशैँ प्याकमा प्रस्तुत गरिएको तीन नयाँ प्याकमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलोपटक पेस गरिएको कम्पनीले जनाएको छ । युनिलिभरका प्रबन्धनिर्देशक आमलन मुखर्जीले लाखौं उपभोक्ताहरुद्वारा रुचाइएको र देशभर बिक्र हुने, सनसिल्क निस्सन्देह नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्राण्ड रहेको बताए ।

उनले गत वर्ष दशैंको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ्ग अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताउँदै प्रतियोगिता आफैँमा एक अभूतपूर्व सफल अभियान रहेको उल्लेख गरे ।

उनले भने, ‘सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु उत्साहित हुने गर्दछन् र हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौँ ।’