Breaking

वामदेव गौतम पनि माओवादीको चिह्नबाट चुनाव लड्ने


काठमाडौँ – नेकपा (राष्ट्रिय एकता अभियान) का संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी निर्वाचनमा सहभागी हुने भएका छन्। 

वामदेवलाई पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाबाट लड्न दिने स्वीकृति मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।