काठमाडौँ — सरकारले चोर बाटो बाटराज पत्राङ्कीत तेस्रो श्रेणी भन्दा माथिका कर्मचारीको तलव समायोजन गरे पछि अर्थमन्त्रालय फेरी विवादमा तनिएको छ । शाखाअधिकृत भन्दामाथिका सरकारी कर्मचारीको तलव २४ प्रतिशत सम्म बढेको छ । जसको विरोधमातल्लो तहकाकर्मचारीआन्दोलनमाउत्रीएका छन् । अर्थमन्त्रालयले चोर बाटोबाट एकाएक कर्मचारीको तलव वृद्धि गर्यो । चालू आर्थिक वर्ष २०७९ ÷०८० का लागि सरकारले जेठ १५ गते सबै तहका कर्मचारीको तबल १५ प्रतिशतले वृद्धि गरेको थियो ।
तर, त्यतीले मात्रनभएर तलवमान समायोजनका नाममा अर्थमन्त्रालयले एकाएक अधिकृत भन्दा माथिका कर्मचारीको तलव २४ प्रतिशत सम्म बढाएको छ । चोर बाटोबाट निजामती सेवाका शाखा अधिकृतदेखि सचिव सम्मका कर्मचारीहरूको तलब २४ प्रतिशत बढाइएको हो । जसको विरोधमा तल्लो तहका कर्मचारीले आन्दोलन नै सुरु गरेका छन् । अघिल्लो महिना सम्म ३७हजार ९ सय ९० तलबपाएकाअधिकृतहरूले साउन महिनाबाट ४७हजार २ सय ८ रुपैयाँतलबपाउने भएका छन् । जबकी १५ प्रतिशतले मात्रै बढ्दा उनीहरूले ४३ हजार ६ सय ८९ तलबपाउने अवस्थाथियो । यस हिसाबले अधिकृतको तलब २४ प्रतिशतले वृद्धि भएको छ । अधिकृतहरूले थप ३५ सय १९ रूपैयाँतलबपाउने भएका छन् । त्यस्तै उपसचिवको तलब २३.३ प्रतिशतले वृद्धि भएर ५२ हजार दुई सय ७९ पुगेको छ । जबकि बजेट भाषणमा भनेअनुसार मात्रै तलब वृद्धि भएको भएको उपसचिवले ४८ हजार ७ सय ३७ रूपैयाँपाउने थिए ।
सहसचिवको तलबपनि ४९ हजार ३८० बाट बढेर ६१ हजार ५० पुगेको छ । १५ बढ्दा ५६ हजार ७ सय७८ तलबपाउने सहसचिवहरूले अब २३.६ प्रतिशत बढी पाउने भएका छन् । त्यसै गरी सचिवको तलबपनि यो वर्ष ११ हजार पाँच सय ४१ ले वृद्धि भएको छ । ६२ हजार १सय ४० तलबपाउँदै आएका सचिवहरूले १५ प्रतिशत बढ्दा ७२ हजार ८२ रूपैयाँ पाउने भएपनि अब १८.४ प्रतिशतले वृद्धि हुँदा७४ हजार २ सय २१ पाउने भएका छन् । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बजेटमा घोषणा गरे भन्दा बढी हुने गरी तलब वृद्धिका लागि स्वीकृतिदिएसँगै साउन १ गते बाट नै कर्मचारीको तलव बढेको छ । यसले राज्य कोषमाथिथप करोडौँ रूपैयाँभार थप्नेछ । बजेटमा भनेअनुसार १५ प्रतिशतमात्रै वृद्धि गरेर तलब वृद्धिका लागि अर्थले स्वीकृति दिइसकेको अवस्थामा संसदीय समिति मार्फत चलखेल गरेर तलबको नयाँ रोष्टर स्वीकृत गराइएको हो ।


प्रतिक्रिया