समाचार

बैतडीमा युवक मृत फेला


काठमाडौँ – बैतडीको सुर्नया गाउँपालिका-७ का ३७ वर्षीय रघुवीर कुँवर मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय (बैतडी) का प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार वडा नं ७ रौतगाउँको गोराखला टोल घर भएका उनी शनिबार घङ्राड भन्ने ठाउँमा मृत भेटिएका हुन् ।

पारिवारिक स्रोतका अनुसार उनी बिहीबार दिउँंसो सामान किन्न भनेर स्थानीय चौथाली बजार गएका थिए । कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ९बैतडी० ले जनाएको छ ।