Breaking

पिकेको प्रवर्द्रधन र संरक्षणमा जनप्रतिनिधि मुकदर्शक : अफन्तलाई जागिर दिलाउदै ठिक

जनप्रतिनिधिको ध्यान कहिले पुग्ला ?


काठमाडौँ – नेपालकै पहिलो संरक्षित वन सगरमाथा राष्ट्रिय निकुञ्ज सोलुखुम्बुमा पर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही जिल्लामा पर्छ । यी त केही उदाहरण मात्रै हुन् । प्रदेश १ को समृद्धको प्रमुख आधार नै पर्यटन रहेको छ ।

सोलुखुम्बुको खुम्बु क्षेत्र पुग्न नसक्ने र समयले नभ्याउने पर्यटकका लागि पिकेडाँडा सवैभन्दा उत्कृष्ट गन्तव्य हो । यो प्रदेश १ को सोलुखुम्बु जिल्लास्थित लिखुपिके गाउँपालिका १ मा अवस्थित छ ।
सोलुखुम्बु मात्रै नभएर प्रदेश १ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नसक्ने धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय सम्पदाले भरिपूर्ण छ । यी सम्पदाको संरक्षण गर्दै उपयोग गर्न सक्ने हो भने सबै नागरिक समृद्ध बन्न सक्ने जानकार बताउँछन् ।

पिकेडाँडा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य हो । पिके पुग्नेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । त्यसैले यस क्षेत्रको विकास गर्न सकियो भने खुम्बु क्षेत्र पुग्न नसक्ने र समयले नभ्याउने पर्यटकका लागि पिकेडाँडा अर्को आकर्षक गन्तव्य होे, जहाँ आन्तरिकका साथै बाह्य पर्यटक पनि आकर्षित हुन्छन् ।

यो क्षेत्रमा रहेको बौद्ध, गुम्बा पनि पर्यटक तान्न सक्ने स्थल हुन् । त्यसैगरी यो प्रदेशमा ट्रेकिङको पनि पर्याप्त सम्भावना छ । पहाडी र हिमाली क्षेत्र रहेका कारण पनि यो भूगोल ट्रेकिङका लागि अझ आकर्षण हुन सक्छ ।

यस्तै, साहसिक पर्यटनको सम्भावना पनि प्रशस्त छ । अल्ट्रा म्याराथुन, म्याराथुन जस्ता खेल यो ठाउँमा गर्न सकिन्छ । पर्यटन विकासको अर्को सम्भावना भनेको यस क्षेत्रमा पाइने याक तथा चौरी व्यवसायीको लागि प्रशस्त सम्भावना रहेको छ । सम्भाव्यता अध्ययन गरेर त्यसलाई अघि बढाउन सकिने सम्भावना यहाँ रहेको छ ।

यिनै पिके क्षेत्रमा दीर्घकालीन पर्यावरणमैत्री थिति बसाल्न गाउँपालिकाले आफ्नै स्वास्थ्य तथा सरसफाइ ऐन, नियमावली र कार्यविधि बनाउनु पर्ने हो । तर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बधाई, शुभकामना लिँदै खादा माला लगाउन र आफन्तलाई गाउँपालिकामा जागिर दिलाउनमै फुर्सद छैन । पिके क्षेत्रमा फोहरमैला बढ्ने क्रम नरोकिएकोप्रति चिन्ता व्यक्त भइरहेको बेला गाउँपालिकाको बजेटमा यो विषय स्थान पाउन सकेको छैन् ।

४ हजार ७० मिटरको उच्चइमा रहेको पिके क्षेत्र लिखुपिके गाउँपालिका- १ मा पर्छ । सोही वडाका वडाध्यक्षमा पहिलो स्थानीय निर्वाचमा ङवाङ ल्हक्पा शेर्पा निर्वाचित भएका थिए । शेर्पाको ५ वर्षीय कार्यकालमा यो क्षेत्रप्रति कुनै ध्यान नगएको स्थानीय बताउँछन् ।

शेर्पा आफ्नो कार्यकालमा भ्रष्टाचार र व्यथितिमा लिप्त रहेको र सामाजिक सुरक्षा भत्ता, हुँदै नभएको व्यक्तिको नामबाट भृद्धाभत्ता लिएको र बसाईसराई गरी काठमाडौँ गएको व्यक्तिको नाममा समेत सामाजिक सुरक्षाको भत्ता निकालेर खाइदिएको भन्दै लिखुपिके गाउँपालिका-१ का निवर्तमान वडा अध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । उनै ङवाङ ल्हाक्पा शेर्पा नै अहिले गाउँपालिकाको उपाध्यक्ष हुन् । उनले उपाध्यक्षमा निर्वाचित भएलगत्तै आफ्नै छोरीलाई गाउँपालिकामा जागिर दिलाएका छन् । अध्यक्ष मीना कार्की बस्नेतले पनि आफन्तलाई गाउँपालिकामा जागिर लगाइदिएको स्थानीय बताउँछन् ।

चरम राजनीति प्रतिस्पर्धाको आधारमा कर्मचारी छनौट भएको छ भने तल्लो तहको कर्मचारीले माथिल्लो तहको परिक्षा सञ्चालन गरिएको स्थानीय बताउँछन । आफन्तलाई जागिर दिलाउनका लागि पदपुर्तीको सुचना प्रकाशन गर्दा नियम विपरित उमेरहद नतोकि सूचना प्रकाशन गरेको स्थानीयको आरोप छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्र पुग्न नसक्ने र समयले नभ्याउने पर्यटकका लागि सवैभन्दा उत्कृष्ट गन्तव्यको रुपमा रहेको पिकेडाँडा क्षेत्रको वातावरणमा सिसा र प्लास्टिकले ठूलो समस्या निम्त्याउन थालेको पर्यटन व्यवसायी आङ फुर्वा शेर्पाले बताउनुभयो । शेर्पाले पिकेडाँडा क्षेत्रमा बियर र अन्य पेय पदार्थ राखिने बोतलमा समेत प्रतिबन्ध लगाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘पिकेमा दिनप्रतिदिन सिसा र प्लास्टिकजन्य फोहोर बढ्दो छ । गाउँपालिका र वडा — १ का जनप्रतिनिधिले ध्यान दिन जरुरी छ ।’ शेर्पाले अघिल्लो कार्यकालका वडाध्यक्ष ङवाङ ल्हक्पा शेर्पालाई सिसाको बोतल र प्लास्टिकबाट हुने फोहार व्यवास्थापन गर्न बरम्बार आग्रह गर्दासमेत वेवास्ता गरेको गुनासो गर्नुभयो । नवनिर्वाचित वडा अध्यक्ष मिङमार गेल्जे शेर्पा पनि वडाको दीर्घकालिन विकास भन्दा कसरी पैसा कमाउन सकिन्छ भन्नेमा लागेको स्थानीयको आरोप छ ।

पिके क्षेत्रको भ्रमणमा जाने पदयात्रीले प्लास्टिकमा पोको पारिने चकलेट, चाउचाउ, बिस्कुटजस्ता खाद्य सामग्रीहरू लैजाने गर्छन् । पर्यटककै उपभोगका लागि पिके क्षेत्रमा सिसाको बोतल, प्लास्टिकका बोतलहरूमा पेयपदार्थ ढुवानी गर्ने गरिएको छ ।

जनप्रतिनिधिको ध्यान कहिले पुग्ला ?
प्रदेश नम्बर १ को लिखुपिके गाउँपालिकामा पर्यटयकीय स्थलको कमी छैन । कमी छ त त्यसको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने योजनाको । पर्याप्त सम्भावना भएर पनि पर्यटन क्षेत्रको विकास नहुँदा समग्र प्रदेश र गाउँपालिकाको विकास खुम्चिएको छ । भएका पर्यटकीय स्थलको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्न नसक्दा प्रदेश १ को लिखुपिके गाउँपालिकाले पर्यटनको माध्यमबाट लिनसक्ने लाभ लिन नसकेको स्थानीय बताउँछन् ।

पछिल्लो चरणमा पिके डाँडामा आन्तरिक पर्यटनले केही विकास भएको भए पनि यसको व्यवस्थित विकास हुन नसकेको पर्यटन व्यवसायी कामी शेर्पा बताउनु हुन्छ । पर्यटकीय स्थलसम्म पुग्ने यातायातको सहज सुविधा नहुनु अर्को मुख्य समस्या हो ।

‘यदि यो क्षेत्रको विकास गरिए लिखुपिके गाउँपालिका मात्र होइन, धार्मिक पर्यटनका लागि समेत लिखुपिकेको शिरमा रहेको रानीडाँडा अर्थात् पिकेडाँडा प्रदेश १ को पर्यटनको आधार बन्नसक्छ’, शेर्पाले भन्नुभयो ‘पिके टे«कमार्गको निर्माण भए हजारौँ पर्यटक काठमाडौँ हुुँदै जिरीको बाटो प्रयोग गर्छन् । यहाँको आर्थिक समृद्धिमा समेत यसले सघाउ पुग्नेछ ।’

पिकेलाई प्रदेशको आर्थिक आधारका रूपमा समेत लिन सकिन्छ । पिकेडाँडाबाट लिखुपिके गाउँपालिका र सोलुखुम्बुवासीले अपेक्षाकृत लाभ लिन सकिरहेका छैनन् । भविष्यमा यो प्रदेशले यसबाट ठूलो आर्थिक लाभ लिन सक्छ ।

पर्यटकका लागि उचित बाससहितका होटलको अभाव पनि यहाँको अर्को समस्या हो । पिकेडाँडामा सुविधासम्पन्न होटेलको कमी छ । पिकेडाँडालाई लक्षित गरेर स–साना होटेल खुलेका छन् । तर, त्यहाँ व्यवस्थापनको पाटो निकै कमजोर छ । पिकेमा आन्तरिक पर्यटक आउने क्रम निकै बढेको छ ।

पर्यटकलाई आकर्षण गर्न सक्ने स्थल भएकाले पिके र देम्बमा पनि सुविधासम्पन्न होटेल अभाव छ । पछिल्लो समयमा पिकेमा भने होटल व्यवसायमा लगानी बढ्दै गएको होटल व्यवसायी संघ लिखुपिकेका अध्यक्ष पेम्बा शेर्पा बताउनुहुन्छ । सोलुखुम्बुबाट लिखुपिके पुग्न यातायातको सहज सुविधा नहुँदा पनि यहाँका होटल व्यवसाय फस्टाउन नसकेको उहाँको भनाइ छ । शेर्पाले पर्यटन विकासका लागि होटल व्यवसायको पनि विकास हुनुपर्ने बताउनु भयो ।

यो पनि पढ्नु होस्

लिखुपिकेमा सिसाका बोतल प्रतिबन्ध

लिखुपिकेमा बेरुजुको चाङ, आपतकालीन उद्दारको नाममा तौलिया खरिद