Breaking

अर्थमन्त्री शर्माबारे गठित छानबिन समितिको बैठक सिंहदरबारमा


काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सिंहदरबारमा बसिरहेको छ ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा गत जेठ १४ गते अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको म्याद बिहीबार सात दिनलाई थपिएको थियो ।

शुक्रबारको बैठकबाट पूर्व अर्थमन्त्री शर्मामाथिको रिपोर्टिङ लेख्न सुरु गरिने बताइएको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई राति अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको थियो ।

त्यसपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो। तर यो समितिले अहिलेसम्म जनार्दनविरुद्ध प्रमाण भेट्टाएको छ । अर्थमन्त्रालयले जेठ १४ गते रातिको सीसीटीभी फुटेज डिलिट भएको बताएपछि अहिले त्यसलाई फरेन्सिक ल्याब लगेर रिकभर प्रयास भइरहेको छ ।