काठमाडौँ — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/ २०८० को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । त्यस अघि बैंकको सञ्चालक समितिको बस्दै छ । बिहान ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले सञ्चालक समितिको बैठक बस्नेछ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे बिहीबार प्रधानमन्त्री एवं अर्थमन्त्री शेरबहादुर देउवालाई नेपाल जानकारी गराएका छन् । बेलुकी साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका गभर्नर अधिकारीले प्रधानमन्त्री देउवालाई मौद्रिक नीतिबारे जानकारी गराएर एक घण्टामा बाहिरिएका थिए ।
बजेटमा करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको प्रवेशपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
एमालेको अर्थ विभागमा रहेका एम अधिकारीको नामले विवादमा आएका छन् । साउन २ मै मौद्रिक नीति सार्वजनिकको तयारी गरेको राष्ट्र बैंकले प्रधानमन्त्री देउवाले समय नदिएकाले रोकिएको थियो ।
प्रतिक्रिया