काठमाडौँ — नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्रदान गर्ने भएको छ ।
बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, अस्ट्रेलियन डलर आदिका खाताहरूमा मासिक ब्याज दिन लागेको हो। यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरूमा लागू भएको छ ।
साथै, न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ ।
मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिने बैंकले जनाएको छ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण तथा निःशुल्क क्रेडिट कार्ड लिन सक्ने व्यवस्था पनि गरिएको छ ।
त्यस्तै, मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ खाता समेत सुरू गरेको छ । यसमा भविष्यमा ब्याज घट्ने चिन्ता समेत हुँदैन । सानिमा बैंकको देशभर सात प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम संचालनमा छन् ।
प्रतिक्रिया