Breaking

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न बैठक बस्दै


काठमाडौँ — बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ ।

बैठकले आज अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेर निचोड निकाल्ने कार्यतालिका छ । १४ जेठ राति नौ बजे अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरि बजेट र करको दर हेरफेर गराउन लगाएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो ।

शर्मामाथि आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।