काठमाडौँ — साप्ताहिक कारोबारको पाँचौं दिन (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन) को मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ ।
यसअघि बुधबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो ।
बिहीबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको थियो । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।
प्रतिक्रिया