Breaking

ओलीका विकृतिबाट स्वतन्त्र उम्मेदवार जन्मिए : कांग्रेस प्रवक्ता महत (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसले नेकपा एमालेले सत्ता चलाउँदा आएका विकृतिका कारण स्वतन्त्र उम्मेदवारहरु जन्मिएको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले योहो टेलिभिजनको योहो बहस कार्यक्रममा काठमाडौँमा राजनीतिक दल पराजयउन्मुख हुनु नेकपा एमालेको ५ वर्षका कर्तुत कारण भएको जिकिर गरे ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालेको विकृतिको घानमा नेपाली कांग्रेससमेत परेको बताए । केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भइरहेको भन्दैमा कांग्रेस र राजनीतिक दलहरु नै सकिएको भन्न नमिल्ने पनि उनले बताए ।