Breaking

भरतपुरमा रेनु दाहाल १२ हजार बढी मतले विजयी


काठमाडौँ — भरतपुर महानगरपालिकामा मेयरकी उमेदवार रेनु दाहाल विजयी भएकी छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

झिनो मतमात्रै गणना बाँकी छ । जसमा रेनु दाहाल १२ हजार तीन सय बढी मतले अघि छन् । उनले ५१ हजार ६६६ मत प्राप्त गरेकी छन् भने एमालेका उमेदवार विजय सुवेदीले ३९३४३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ४२१ मत ल्याएका छन् । राप्रपा उमेदवार हिमला गुरुङले भने ३० हजार ४७७ मत ल्याएकी छन् ।