Breaking

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थी आन्दोलित


काठमाडौँ — चाबहिलको सेन्ट लरेन्स कलेजका एकजना शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यालयका एकजना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी पनि गरेका छन् । ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ ।