Breaking

गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी


काठमाडौँ – सिराहाको गोलबजार नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका श्याम श्रेष्ठ २२०७ मतान्तरले विजयी भएका हुन् । उनले ७९०८ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान मेयरसमेत रहेका माओवादीका देवनाथ साहले ५७०१ मत पाए । कांग्रेसका राजदेव साह हलुवाइले ४६५९ मत ल्याए ।

उपमेयरमा पनि एमालेकै मान्ती साह २०६० मतान्तरले विजयी भएकी छिन् । उनले ७७०३ मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान उपमेयरसमेत रहेकी माओवादीकी रेशम कुमारी थापाले ५६४३ र कांग्रेसकी शान्ती सदायले ४९६५ मत पाइन् ।

यससंगै सिराहाका १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।