Breaking

ललितपुरमा चिरिबाबुको जित सुनिश्चित


काठमाडौँ — ललितपुर महानगरपालिकामा अहिलेसम्म ७९ हजार ८६३ मत गणना सकिएको छ ।

८५ हजार ८६१ मत खसेको ललितपुर महानगरपालिकाको प्रमुखमा हालसम्म कांग्रेसका चिरिबाबु महर्जनले ३९ हजार २३२ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यन्जनकारले २३ हजार ४९२ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखतर्फ एमालेकी मन्जली शाक्यले २३ हजार ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् । ललितपुर महानगरपालिकामा अहिले २७ र २८ को मतगणना जारी छ भने २९ को गणना तयारी भइरहेको छ ।

जम्मा ५ हजार ९९८ मत गन्न बाँकी रहेको र रातिसम्म अन्तिम मतपरिणाम आउने ललितपुरका मुख्य निर्वाचन अधिकृतको जनाएको छ ।