Breaking

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति निकालेर उपभोक्ताको ढाड सेक्ने गरी श्रृंखलावद्ध मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

लिङ्देनले गठबन्धन सरकारको हचुवा र अदूरदर्शी कदमबाट उपभोक्ता नराम्ररी मारमा परिरहेको पनि स्मरण गराएका छन् ।

सरकारले आइतबार साँझ पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । जसअनुसार पेट्रोल लिटरको १ सय ८० रुपैयाँ पुगेको छ । ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएर १८ सय पुर्‍याइएको छ ।