Breaking

ललितपुरमा चिरिबाबु १४ हजार ७ सय मतले अघि, १५ हजार मत गन्न बाँकी


काठमाडौँ — ललितपुर महानगरपालिकामा अहिलेसम्म ७० हजार ६९१ मत गणना सकिएको छ ।

८५ हजार ८६१ मत खसेको ललितपुर महानगरपालिकाको प्रमुखमा हालसम्म कांग्रेसका चिरिबाबु महर्जनलेले ३५ हजार ५९० मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले २० हजार ८६५ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले २० हजार ६९८ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १५ हजार २७४ मत ल्याएका छन् । त्यहाँ अब ८ वटा वडाको १५ हजार १७० मत गणना गर्न बाँकी छ ।