Breaking

बालेन साहको अग्रता कायमै


काठमाडौँ — काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार साहले ४४ हजार १ सय ८३ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ८ सय ३५ मतसहित दोस्रो स्थानमा छिन् ।

त्यस्तै, एमालेबाट प्रमुखका उम्मेदवार केशव स्थापितले २५ हजार २२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा भने एमालेकी सुनिता डंगोल लगभग तेब्बर मतान्तरसहित अगाडि छिन् ।

उनले ४५ हजार ८ सय ७५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन् ।