Breaking

तनहुँको ब्यासमा कांग्रेस विजयी


काठमाडौँ — तनहुँको ब्यास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस छाडेर एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीलाई २५२ मतान्तरले पराजित गदै कांग्रेसका बैकुण्ठनाथ न्यौपाने विजयी भएका हुन् ।

उनी १२ हजार ७८ मतसहित विजयी भएका हुन् । कैंची चुनाव चिन्ह पाएका प्रतिस्पर्धी जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरै विजयी भएकी छिन् । उनी १३ हजार ४ सय ९८ मतसहित विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी एमालेकी बसुन्धरा घर्ती १० हजार ४२ मत प्राप्त गरेकी छिन् ।

कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरासमेत रहेका दीपकराजलाई एमालेले समर्थन गरेको थियो । सुरुदेखि अग्रता लिएका जोशीले अन्तिम मतपरिणाम सार्वजनिक हुँदा २५२ मतान्तरले पराजित भएका हुन् ।