Breaking

पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी


काठमाडौँ — पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा विष्णु प्रसाद भण्डारी र उपाध्यक्षमा राधा कुमारी श्रेष्ठ विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा विजयी भण्डारीले ५ हजार ५८६ मत पाएका छन् । अर्का प्रत्यासी नेकपा एकीकृत समाजवादीका दुर्गा प्रसाद अधिकारीले ४ हजार ५४२ मत पाए ।

यसैगरी उपाध्यक्ष पदमा विजयी राधा कुमारी श्रेष्ठले ५ हजार ७१९ मत पाउँदा अर्का प्रत्यासी नेपाली कांग्रेसका विष्णु कुमार थापाले ५ हजार ५८ मत पाएका छन् ।

रम्भा गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा पनि अध्यक्ष भण्डारी र उपाध्यक्षमा श्रेष्ठ नै विजयी भएका थिए ।