समाचार

सत्तारुढ गठबन्धनको बैठकमा भएन चुनाव बारे छलफल


काठमाडौँ — सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा गरेको गठबन्धनको समीक्षा सबै स्थानको नतिजा आएपछि मात्र गर्ने भएको छ । स्थानीय चुनावपछि आइतबार पहिलो पटक सत्तारुढ गठबन्धनमा रहेका दलहरुको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा मओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकमा चुनावको नतिजाबारे छलफल नै नभएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल भएको छ । नीति तथा कार्यक्रममा दलहरुले आआफ्नो सुझाव दिएका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १० गते संसद बैठकमा पेश गर्दैछ ।