Breaking

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी


काठमाडौँ — धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ३९ वर्षीय राई काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै धरानको मेयरमा विजयी भएका हुन् । लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका उनले सफलता हासिल गरेका हुन् । राईले २० हजार ८२१ मतका साथ विजय हासिल गरेका हुन् भने निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ५९ मत पाए ।

यस्तै एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मत पाएर तेस्रो बनिन् । निर्वाचन आयोगका अनुसार उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी पदम प्रसाद लिम्बु १७ हजार ६०६ मत पाएर पराजित बने । उपमेयरमा लौरो नै चिह्न पाएका दत्त कुमार लिम्बु भने ४ हजार १२९ मत पाएर पराजित बने ।