Breaking

७१२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक ,काँग्रेस नै पहिलो


काठमाडौँ — स्थानीय तह निर्वाचन अन्तर्गत आज आइतबार दिउँसोसम्म ७१२ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । जसअनुसार नेपाली काँग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा एकीकृत समाजवादी पार्टी प्रमुख तथा अध्यक्षमा जित संख्याको आधारमा पाँचौं स्थानमा देखिएको छ ।

निर्वाचन आयोगका अनुसार अझै ४१ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ । जसमा पाँच महानगरपालिका पनि समावेश छ । हालसम्म विराटनगर महानगरपालिकाबाहेक काठमाडौं, ललितपुर, पोखरा, भरतपुर र वीरगन्ज महानगरपालिकाको मतगणना जारी छ । विराटनगरमा भने नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् ।