देश

पर्साको ठोरी गाउँपालिकामा ढुंगा प्रहारबाट एक युवकको मृत्यु



काठमाडौँ — पर्साको ठोरी गाउँपालिकाका एक व्यक्तिको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । ठोरी गाउँपालिका–५ सुवर्णपुर बाघमोर्चा बस्ने ३५ वर्षीय प्रवीण पाख्रिनको मृत्यु भएको हो । ढुंगा प्रहारबाट घाइते पाख्रिनको वीरगञ्ज पानीट्याङ्की स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

गत जेठ ६ गते आपसी विवाद झगडामा परिणत हुँदा उनलाई केही व्यक्तिहरुले ढुंगाले हानेका थिए । उनलाई ढुंगाले हानेर घाइते बनाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिएको छ । आपसी झगडाका कारण भएको घटनामा ३÷४ जनाको संलग्नता रहेको भनिएको छ । फरार भएकाहरुको खोजीसँगै अनुसन्धान पनि अघि बढाएका छौं’ प्रवक्ता डीएसपी खनालले भने ।