Breaking

स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै


काठमाडौँ — अधिकांश पालिकाको मतपरिणाम आइसक्दा पनि काठमाडौं महानगरको भने आधा मात्रै मतगणना भएको छ । हालसम्मको परिणाम अनुसार काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा गठबन्धनबाट कांग्रेस उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याइरहनुभएको छ । एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा झरेका छन् ।