Breaking

काँग्रेसको केही सदस्यलाई कारबाही गर्न सिफारिस


काठमाडौँ — स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली काँग्रेस निजगढ र कोल्हबीले कार्यकर्तामाथि कारबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली काँग्रेस निजगढ नगर समितिले तीनजना महासमिति सदस्य सहित सात जना नेता कार्यकर्तामाथि कारबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको हो ।

नगर समितिले महासमिति सदस्यहरू शम्भुबहादुर बुढाथोकी, पदमबहादुर भण्डारी, महेशी कुँवर, जिल्ला कार्यसमितिका सदस्य कृष्णप्रसाद खरेल, महाधिवेशन प्रतिनिधि रामकुमारी गोले, बारा क्षेत्र नम्बर( १ क्षेत्रीय समितिका सहसचिव प्रदिपकुमार उप्रेती र जिल्ला कार्यसमितिका पूर्वसदस्य रामचन्द्र जैसवाललाई कारबाही गर्न सिफारिस गरेको हो ।