Breaking

उपमेयरमा पराजित केशव विष्टका छोरासहित ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी


काठमाडौँ — इटहरीमा आइतबार विहान कुटिएका नेकपा एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीले ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी परेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा सुवेदीले आइतबार जाहेरी दर्ता गरेका हुन् । इटहरीमा उपमेयर पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टसहित ३ जनाले आइतबार बिहान आफूलाई कुटपिट गरेको भन्दै सुवेदीले प्रहरीमा जाहेरी दिएका हुन् । उनलाई विष्टले सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि आक्रमण गर्ने धम्की दिएको पनि सुवेदीले जाहेरीमा उल्लेख गरेका छन् ।

इटहरीको मतगणना स्थलबाट बाहिरिँदै गर्दा वडा नम्बर ६ का पूर्व वडाध्यक्ष दिपक गौतमको घर अगाडि उनी माथि आक्रमण भएको जाहेरीमा उल्लेख छ । मुद्दा दर्ता भएपछि एमाले कार्यकर्ताले बिहानदेखि गरेको राजमार्ग बन्द खुलाएका छन् ।