Breaking

तुलसीपुरको मेयर र उपमेयरमा एमालेको अग्रता कायमै


काठमाडौँ – दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । ३५ हजार १७५ मत गन्दा एमालेका टिकाराम खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् ।

गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १४ हजार ५९४ मत प्राप्त गरेका छन् । गठबन्धनका गिरी भन्दा एमाले उम्मेदवार खड्काले ८११ अगाडि छन् ।

उपमेयरमा एमालेका स्यानी चौधरीले १४ हजार ६१५ पाएकी छिन् । यस्तै गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका १०८९२ मत ल्याएका छन् । चौधरीकी चौधरीसँग एकीकृत समाजवादी उम्मेदवार ३७२३ मतले पछाडि परेका छन् ।

उपमहानगरपालिकामा एक लाख एक हजार चार सय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको छ । यसअघि तुलसीपुरकाको मेयर र उपमेयरमा एमालेले जितेको थियो ।