Breaking

जलेश्वरको नगर प्रमुख र उपप्रमुखमा जसपा उम्मेदवार निर्वाचित


काठमाडौँ — महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।

प्रमुख पदमा सुरेश साह सोनार र उपप्रमुख पदमा रौशन खातुन निर्वाचित भएका हुन् । जसपाका सोनारले ७ हजार ३०६ मत पाउँदै उपप्रमुखमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का उम्मेदवार रामशंकर मिश्रले ५ हजार ४३० मत पाए ।

यसैगरी नेकपा एमालेका राम आधार कापरले ४ हजार ७८२, नेपाली कांग्रेसका शम्भु नारायण पाठकले २ हजार ५१० र माओवादी केन्द्रका कौशलेन्द्र शर्माले १ हजार ३३८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुख पदमा निर्वाचित जसपाकी उम्मेदवार रौशन खातुले ५ हजार ८२३ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार मन्चुन देवीले ४ हजार ९०१, लोसपाकी फरहत खातुले ४ हजार ८६२, नेपाली कांग्रेसकी अनिता देवी शर्माले ३ हजार ४९२ र माओवादी केन्द्रकी मिना देवीले १ हजार २९५ मत पाएका छन् ।